विराटनगर जाँदै गरेको बस हलेसीमा दुर्घटना, १३ जना घाइते

विराटनगर जाँदै गरेको बस हलेसीमा दुर्घटना, १३ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको बस कामिडाँडामा दुर्घटना भएको छ । हलेसी तुवाचुङ नगरपालिका– १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान ७ः४० बजेतिर कामिडाँडामा दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको छ । घाइतेहरुको परिचय र दुर्घटनाको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।