मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाराको पचरौता नगरपालिका १ पिपरपातीका एकै परिवारका ३ जनाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिने बालक,उनकी २० वर्षीया आमा र ५० वर्षीया हजुरआमा छन् ।

भारतको रक्सौलबाट फर्किने क्रममा छौडादानोको बखरी गाउँनजिक मंगलबार मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक २५ वर्षीय धर्मराज साह गम्भीर घाइते भएका छन् । छोरा दिब्यांशको उपचार गराउन पत्नी रेश्मी देवी र आमा राजकुमारी देवीलाई लिएर धर्मराज रक्सौल गएका थिए ।

उपचार गराएर फर्कने क्रममा भारतको छौडादानो क्षेत्रमा दुर्घटना भएको हो । सडक निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परि मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक तीनै जनाको पचरौता ल्याएर अन्तिम संस्कार गरिएको छ ।

उता घाइते धर्मराजको भारतको मोतिहारी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरमा गम्भीर चोट लागेको छ । साहको आर्थिक अवस्था कमजोर छ । उपचारका लागि समस्या भएपछि आर्थिक जुटाउन अभियान समेत थालिएको छ ।

यसैबीच पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंहले घाइते साहको उपचारका लागि एक लाख दिने घोषणा गरेका छन् ।