सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरी र रौतहटमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका–३ शिव चोकस्थित सडकमा जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको बा.प्र.०६–००५ प ६४३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पिपरा गाउँपालिका–४ बस्ने ७३ वर्षीया शिवो देवीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको जनता अस्पताल पिपरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको परोहा नगरपालिका–७ नरकटिया बंकुलस्थित सडकमा बा५२प ७५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २० वर्षीय करण पसावानको घटनास्थलमै मुत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।