काठमाण्डु – कपिलवस्तुको शिवराज नगरपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये दुईको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्ने क्रममा अटोलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उमरीका ५० वर्षीय रितबहादुर सुनार र सोही पालिका वडा नम्बर ३ बलुवाकाकी १८ वर्षीया रविना रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटटाले जनाएको छ ।
दुवै जनाको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमा उपचार भइरहेको छ। बस र अटो चालक प्रहरी नियन्त्रणमा छ।




प्रतिक्रिया