मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् ।

सोमबार राति पौने २ बजे बूढानीलकण्ठ–७, स्पेसलचोकमा प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर ठोक्किएको हो ।

दुर्घटनामा दुवै साधनमा सवार पाँचजना घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । उपचारका क्रममा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिरहाका २९ वर्षीय भोला थापा र परिचय खुल्न बाँकी रहेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन घाइतेको उपचार जारी छ ।