डडेल्धुरामा जीप भिरबाट खस्यो, घटनास्थलमै ४ जनाको मृत्यु

डडेल्धुरामा जीप भिरबाट खस्यो, घटनास्थलमै ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–५ को उकल्ली काणे भन्ने स्थानमा बिहीबार बिहान करिब ८ बजे चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जीप करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परेका अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन् ।

 घाइते हुनेमा नवदुर्गा–५ बस्ने १८ वर्षीया सुशिला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ ।

दुर्घटनाग्रस्त जीपमा चालकसहित १० जना सवार थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।