कार दुर्घटनामा चिकित्सकको मृत्यु

कार दुर्घटनामा चिकित्सकको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको भरतपुरमा कार दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. विप्लब भट्टको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका डा. भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।