काठमाण्डुबाट गोरखाका लागि छुटेको रात्रिबस दुर्घटना

काठमाण्डुबाट गोरखाका लागि छुटेको रात्रिबस दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।

मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार बसमा सवार २२ जनामध्य २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाण्डु रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् ।

बस बे्रक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् ।