काठमाण्डु- मुग्लिङ–नारायणगढ सडक खण्ड ७ वटा गाडीहरू आपसमा ठोक्किएको छ ।
उक्त सडक खण्डको गाईघाट भन्ने स्थानमा ७ वटा गाडी एकआपसमा ठोक्किएका हुन् ।
एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।
बसका चालकको चेपिएको अवस्थामा उद्धार गरिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।








प्रतिक्रिया