काठमाण्डु – छुट्टाछुट्टै स्थानमा भएका सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–६ गोल्डेन चोकस्थित सडकमा बा१६च ७३९९ नम्बरको कारमा प्र १–०२–०४५ प ९६८९ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–१४ बस्ने २७ वर्षीय फागुलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल टंकी मोरङमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि आर्या न्यूरो अस्पताल कञ्चनबारी मोरङ पठाइएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलस्थित सडकमा ना३ख ९९८६ नम्बरको मिनिबस र बीएब ५००८ नम्बरको कार एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा बसमा सवार रत्ननगर नगरपालिका–१० बस्ने ३३ वर्षीया पुजा सुवेदीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको लमही नगरपालिका–७ हसनापुरस्थित सडकमा रा२प ४९१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक लमही नगरपालिका–६ देउपुर बस्ने ४४ वर्षीय देव नारायण चौघरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा थप उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया