काठमाण्डु – पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट बस दुर्घटना भएको छ ।
डडेलधुराबाट काठमाण्ड आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटना २२ यात्रु घाइते भएका छन् । घाइतेको उद्धार गरी लमही अस्पताल पठाइएको छ ।
दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए ।
बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले बताए ।




प्रतिक्रिया