काठमाण्डु – काठमाण्डुको शंखपरापुर नगरपालिका–४ जरहसिंहपौवामा भएको बस दुर्घटनामा घाइतेमध्ये ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २८ जना घाइते भएकोमा ४ जनाको मृत्यु भएको बौद्ध वृत्तका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।
पिकनिकमा गएका ४० यात्रुहरू सवार रहेको बस जहरसिंहपौवाको जंगलमा दुर्घटनामा परेको छ । बानेश्वरस्थित नेचर हब कम्पनीका कर्मचारीहरू पिकनिकबाट फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । घाइते भएका अन्य २४ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया