शंखरापुरमा बस दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

शंखरापुरमा बस दुर्घटनाका मृतक सबैको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको शंखरापुर नगरपालिका–३ साखुस्थित जरसिंहपौवा–साँखु पक्की सडक खण्ड अन्तर्गत लप्सीफेदी जंगलमा महानगर यातायातको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ ।

बुधबार नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएको बा ४ ख ८७८८ नम्बरको बस जरसिंहपौवाबाट फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बस करिब सडकबाट ४० मिटर तल खसेको थियो । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा घाइतेमध्ये अनुहारमा चोट लागेका नेपालगञ्ज कोहलपुर नगरपालिका ५ घर भएका (हाल बुढानिल्कण्ठ) ४९ वर्षीय कामना शर्माको शंखरापुर अस्पतालमा, ताप्लेजुङ पाथीभरा–५ घर भएका हाल काठमाण्डुको बुढानिलकण्ठ–७ बस्ने ५१ वर्षीय इन्दिरा लिम्बुको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा, सिराहा घर भएका हाल काठमाण्डुको पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता एनएमसी अस्पतालमा र पाँचथर घर भएका हाल काठमाण्डुको गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको पनि एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारपछि ४ जना भने डिस्चार्ज भएका छन् । २३ जनाको विभिन्न अस्पतालमा उपचार हुदैँछ ।