काठमाण्डु– भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको हो ।
श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका–४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब २०० मिटर तल खसेको छ । २६ जना सवार बसमा २४ जना घाइते भएका छन् । दुर्घटनामा ९ जना जति गम्भीर घाइते भएको र उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डु ल्याइएको भोजपुर प्रहरीले जनाएको छ ।




प्रतिक्रिया