धादिङ बस दुर्घटना : १९ जनाकै पहिचान खुल्याे (सूची)

धादिङ बस दुर्घटना : १९ जनाकै पहिचान खुल्याे (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।

बसमा चालकसहित ४४ जना सवार थिए । मृत्यु भएका मध्ये ९ जनाको बिहान सनाखत भएको थियो भने साँझ सम्म बाँकी १० जनाको सनाखत भएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये अधिकांशको काठमाण्डु स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागी ल्याइएको छ ।