५ वटा गाडी एकैपटक ठोक्किए, ८ जना घाइते

५ वटा गाडी एकैपटक ठोक्किए, ८ जना घाइते

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्नेमा पाँच वटा गाडी ठोक्किएर भएको दुर्घटनामा आठ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति कन्टेनरले एकतर्फी ओभरटेक गर्ने क्रममा पाँच वटा गाडी एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कालीकोट रास्कोटका अमर कार्की, त्यही मोटरसाइकल पछाडि रहेका रास्कोटकै महेन्द्र महतारा अनि अर्को एउटा बसमा रहेका ६ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार बसका चालक शङ्कर विष्ट, रामेछापको मन्थलीका विनोदकुमार अछामी, रोल्पाको लिवाङका उदीराम विष्ट, धरानका नाम्नुहाङ राई, रोल्पाकै दर्शन पोख्रेल, सुनसरीका चन्द्रसिंह थापा तथा प्यूठानको स्वर्गद्वारीका यज्ञप्रसाद भुसाल घाइते भएका हुन् ।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । कन्टेनरका चालक सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।