काठमाण्डु – नवरपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस काठमाण्डुबाट रोल्पा जाँदै थियो । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो।
दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ । उनी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया