बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्घाखाँचीमा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको पाणिनी गाउँपालिका ८ कुँडेमा ध १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर झलक शर्माले जानकारी दिए।

उनका अनुसार २५ जना घाइते भएका छन्। घाइतेलाई जिल्ला अस्पताल अर्घाखाँची र पाल्पा मिसन अस्पताततर्फ पठाइएको छ।ज्यान गुमाएका मृतकको सनाखत हुन बाँकी छ।

दुर्घटनामा परेको बस सुपादेउरालीको दर्शन गरी पर्वत फर्किँदै थियो। प्रहरीका अनुसार बस झन्डै एक सय मिटर तल खसेको हो।