रातामाटा बस दुर्घटनाः मृतकको संख्या १७ पुग्यो, उद्धार गर्न समस्या

रातामाटा बस दुर्घटनाः मृतकको संख्या १७ पुग्यो, उद्धार गर्न समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन ।

लु २ ख २१४८ नम्बरको बस बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनास्थल निकै अफ्ठ्यारो भिरमा भएकाले उद्धार कार्य निकै अप्ठ्यारो भएको जनाइएको छ । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।