अर्घाखाँची – जिल्लाको पाणिनी गाउँपालिका–८ कोल्डाँडामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पाणिनी गाउँपालिका–८ कोल्डाँडास्थित सडकमा सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ध१ख ५०४ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक पर्वतको मोदी गाउँपालिका–५ बस्ने ४५ वर्षीय रमेश जिसि समेत ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये रमेशको युनाइटेड मिसन अस्पताल पाल्पा तथा अन्य ३ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये २१ जनाको युनाइटेड मिसन अस्पताल पाल्पा र ६ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया