गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेकाे भ्यान दुर्घटना, दुई जनाको मृत्यु

गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेकाे भ्यान दुर्घटना, दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिबास : महोत्तरीको बर्दिबासमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको ना ५ च १२२७ नम्बरको भ्यान दुर्घटना हुँदा धनुषाकाे धनुषाधाम नगरपालिका–३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जानकारी दिए ।

पूर्व(पश्चिम राजमार्गस्थित बर्दिबास–५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो । चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ ।