काठमाण्डु – बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घाइते भएकी थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरा, ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते अन्य चार जनाको उपचार भइरहेको छ। पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।




प्रतिक्रिया