कर्णाली नदीमा जिप खस्यो, चार जनाको मृत्यु

कर्णाली नदीमा जिप खस्यो, चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना भएको छ । कर्णाली नदीमा जिप खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अनुसार से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको हो ।

धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन् ।

मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । दुर्घटनाको कारण खुलेको छैन ।