नवलपरासीमा ट्याक्टर दुर्घटना, एकै गाउँका चार जनाको मृत्यु

नवलपरासीमा ट्याक्टर दुर्घटना, एकै गाउँका चार जनाको मृत्यु


नवलपुर – पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मेला हेरेर घर फर्किँदै गरेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुने सबै बुलिङ्टार–३ बतासा गाउँका हुन् । घटनामा बलबहादुर झेडीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

उनीहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी मोहनबहादुर खाँडले बताए ।