काठमाडौं – कलंकीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । थानकोटबाट कलंकी आउँदै गरेको ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
उक्त ट्रकले स्कुटर, कार लगायत ९ वटा सवारी साधनलाई ठक्कर दिएको हो । दुर्घटनामा परेका एकको घटनास्थलमै मृत्यु र चार जना घाइते छन् ।
’घाइते अझै बढ्न सक्ने देखिन्छ । अहिलेसम्म ४ जनाको रिपोर्ट आएको छ’, डिएसपी कुवँरले भने ।
ट्रकको ठक्करबाट तीनवटा मोटरसाइकल, एउटा स्कुटर, ट्याक्सीसहित सरकारी गाडीमा समेत क्षति पुगेको छ ।




प्रतिक्रिया