सुर्खेत – सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकैको भिरबाट यात्रु बोकेको जीप खसेको छ । जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो । दुर्घटनामा परी चारजना घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको छैन् ।
सुर्खेतको चिङगाड गाँउपालिका वडा नम्बर ६ पाम्काबाट यात्रु बोकेर सुर्खेतको वीरेन्द्रनगर तर्फ आउदै गरेको जीप भीरबाट तल खसेको थियो ।




प्रतिक्रिया