पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – बुटवलबाट गुल्मीको शान्तिपुर तर्फ जाँदै गरेको जिप पाल्पाको अर्गली नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–१५ कुडापानीमा लु१ज १४२८ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा बरेङ गाउँपालिका–५ तितेकी ५५ वर्षिय महिला धनकली सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी अर्गली पाल्पाका अनुसार उनको उपचारका क्रममा पाल्पा लैजाने क्रममा मृत्यु भएको हो । घटनामा अन्य ५ यात्रु घाइते भएका छन् ।