३९ जना यात्रुको बोकेको टिपर कर्णालीमा खस्यो

३९ जना यात्रुको बोकेको टिपर कर्णालीमा खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कालिकोटमा यात्रु बोकेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ ।

भारतबाट आएका यात्रुहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिपर  बुधवार बिहान कर्णालीमा खसेको हो ।

बुधवार बिहान खसेको टिप्परमा ३९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये केहीको उद्धार गरिएको छ । ना.८ख ५१३३ नम्बरको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् ।

कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको वप्रहरीले जनाएको छ । टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।

दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।