काठमाण्डु – बाँकेमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरलिे जनाएको छ ।
दुर्घटनामा घाइते भएका सात जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए । बसमा ४७ जना सवार थिए । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया