काठमाण्डु – काठमाण्डुबाट दोलखाको चरिकोटका लागि छुटेको बस ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
बा ४ ख १८०२ नम्वरको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरू मध्ये ३ जनाको काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।




प्रतिक्रिया