काठमाण्डु – पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजारमा प्र ३–०३–००१प ४० नम्बरको मोटरसाइकल र प्र ३-०३-००२ प ४८५ नम्बरको मोटरसाइकल आज बिहान करिब ९.४५ बजे ठक्कर खाएको थियो ।
दुईवटै मोटरसाइकलका चालको मृत्यु भएको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी ४५ वर्षीय चन्द्र बहादुर तिमिल्सीना र खैरहनी ९ निवासी २१ वर्षीय सुशान्त भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । तिमिल्सीनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो भने भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।




प्रतिक्रिया