नारायणगढ–मुग्लिन सडक खण्डमा दुई वटा ट्रक ठोक्किए

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई वटा ट्रक ठोक्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तगत खहरे पुलमा दुई वटा ट्रक ठोक्किएका छन् । सोमबार बिहान इच्छाकामना गाउँपालिका–५ मा भएको उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् ।

काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक ठोक्किँदा ट्रकमा सवार ६ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।