भक्तपुर – भक्तपुरमा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चागुँनारायण नगरपालिका–३ झौखेलस्थित बा.५ ख ३११ नम्बरको मिनीट्रक सडकबाट कालीखोलामा झरेर आइतबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले कालीखोलामा उक्त ट्रक खसेर दुर्घटना भई चालकलाई ट्रकले नै च्यापिएको हुँदा क्रेनको सहयोगमा उद्दार गरी डा. ईवामुरा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।




प्रतिक्रिया