बैतडी जिप दुर्घटनाः मृतक र घाइतेको परिचय खुल्यो (नामसहित)

बैतडी जिप दुर्घटनाः मृतक र घाइतेको परिचय खुल्यो (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैतडीमा जिप दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । मंगलबार दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना भएको थियो ।

मृत्यु हुनेहरुमा दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द, सोही ठाउँकै ७२ वर्षीय पार्वती चन्द, सुर्नया गाउँपालिका–४ कि ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका–५ का ७७ वर्षीय भगिरथ पाण्डेय र सोही नगरपालिकाका–२ का ५८ वर्षीय कृष्ण लावड रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीकाअनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । त्यस्तै दुर्घटनामा घाइते हुनेमा रवीन्द्र चन्द, प्रदीप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार रहेका छन् ।