दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु


सुर्खेत – सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको एरीचोकमा अटोले ठक्कर दिँदा नगरपालिका वडा नं २ का सचिव नारायणदेव गिरीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मूलपानीबाट एरीचोकतर्फ गइरहेको भे १ ह ३८७४ नंको अटोले भे७प १८३४ नंको गिरीको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले उनी गम्भीर घाइते भएका थिए । प्रदेश अस्पताल कालागाउँ पुर्याएलगत्तै वडा सचिव गिरीको बिहीबार राती मृत्यु भएको थियो ।

प्रहरीले अटो चालक दीपकबहादुर साउदलाई नियन्त्रणमा लिइसकेको छ । त्यसैगरी बाङ्गेसिमल–बड्डीचौर सडकखण्डको गिरिघाटमा भे १ त ५२८८ नम्बरको ट्याक्टर आज अनियन्त्रित भई सडक किनारामा पल्टिँदा सहचालक रामबहादुर नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement