कर्णाली जीप दुर्घटना : शोकमा असार १५ गते सार्वजनिक बिदा

कर्णाली जीप दुर्घटना : शोकमा असार १५ गते सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला – खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने भएको छ ।

खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौनास्थित कर्णाली नदीमा दुर्घटना भएको लु१ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा बेपत्ता भएका यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।