ललितपुरको सानेपामा भयानक दुर्घटना, दुई जनाको ज्यान गयो

ललितपुरको सानेपामा भयानक दुर्घटना, दुई जनाको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको सानेपामा भयानक सडक दुर्घटना भएको छ ।

आइतबार अपरान्ह तीनवटा जिप र एक मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरे र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको ज्यान गएको नर्भिक अस्पतालले जनाएको छ ।

सुरुमा दुइवटा जिप ठोक्किँएको र त्यसपछि अनियन्त्रित भएर थप एक जिप र मोटरसाइकलमा ठक्कर पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।