मोरङमा अफिस हिँडेका डाक्टर बाबु र नर्स छोरीको ज्यान गयो

मोरङमा अफिस हिँडेका डाक्टर बाबु र नर्स छोरीको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाँउपालिका–१ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जली कुमारी माझीको मृत्यु भएको हो ।

बावु शुभलाल पेसाले चिकित्सक हुन् भने र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए । घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु– छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिए ।

उनी छोरीलाई अस्पताल छोडेर आफू पनि ड्युटीमा हिँडेका थिए । शुभलाल छोरीलाई सधैंजसो न्युरोमा पुर्‍याएर आफू आँखा अस्पताल जान्थे । तर, यो पटक उनले छोरीलाई अस्पताल पुर्याउन पाएनन् ।