मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नम्बरको मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का मोटरसाइकल चालक दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।