सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु, आठ जना घाइते

सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु, आठ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका–४ बडाखोलामा बिहीबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको हो ।

मुत्यु हुनेमा सोही गाउँपालिका–४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेको प्रहरीले बताएको छ ।