धादिङको कृष्णभीरमा भयानक दुर्घटना, २ जनाको मृत्यु

धादिङको कृष्णभीरमा भयानक दुर्घटना, २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धादिङको बेनिघाटस्थित रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुई माइक्रो बस र एक बस एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको माईक्रो र बा २ख ४५६७ नम्बरको माईक्रो एक आपसमा ठक्कर खाँदा उक्त बसका २ जना यात्रुको ज्यान गएको छ भने घटनामा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा एक जना महिला र एक पुरुष रहेका छन् । मृतक महिलाको परिचय खुलेको छैन भने अर्का मृतक २७ वर्षका श्यामकुमार श्रेष्ठ रहेका छन् ।

घाइते यात्रुको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ भने केहीलाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।