दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाएको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको अन–टेष्ट मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ७ प ८७५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ५० वर्षिय देवीराम आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

नम्बर नखुलेको अन–टेष्ट मोटरसाइकल चालक घोडाघाडी नगरपालिका–८ का २३ बर्षिय लोकेन्द्र गुरुङलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, ठक्करमा घाइते भएका अर्का चालक वडा नम्बर २ का ४६ वर्षिय ईन्द्र आचार्यको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।