पोखरामा बस दुर्घटना,तीस घाइते

पोखरामा बस दुर्घटना,तीस घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिका–३१, बेगनासको त्रिशूली डाँडामा बिहीबार बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नम्बरको बस सडकबाट झन्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणकाअनुसार दुर्घटनाबाट बसमा सवार करिब ३० जना यात्री घाइते भएका छन् । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।