रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राैतहटमा कार दुर्घटना हुँदा सवार ४  जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा सबार ४ जना भारतीय नागरिकको मृत्यु भएको हो ।

शनिबार राति करिब सवा १० बजेको समयमा यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प नजिक तीव्र गतिमा आइरहेको बेला अनियन्त्रित भई सडकपेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो । त्यसपछि कारभित्र रहेका चारै जना बाहिर निस्कन पाएनन् ।

कारको सबै भाग पानीमा डुबेपछि भित्रका मानिसहरु निसास्सिएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।