मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु

मोरङमा स्कारपियोको ठक्करबाट तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – मोरङमा स्कारपियोले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मोरङको कानेखोला गाउँपालिका–७ मा बिहीबार राति ८ बजे झापाबाट इटहरीतर्फ जाँदै गरेको स्कारपियोले एक जना पैदलयात्री र दुई जना मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएको थियो ।

बा १४ च ९६४३ नम्बरको स्कारपियोले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका–४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।

मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । स्कारपियोले चालक इटहरीका महेन्द्रबहादुर थापालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।