सिरहामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २५ जना घाइते

सिरहामा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २५ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – सिरहा जिल्लाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गए राति बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

गएराति करिब सवा १० बजे पूर्वबाट काठमाडौं हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवार २५ यात्रु घाइते भएका छन् । घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।