थाइल्याण्डमा बस दुर्घटना, १७ जनाको मृत्यु


एजेन्सी – थाइल्याण्डमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान तिर्थयात्री बोकेको बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु भएको हो ।

बौद्ध धर्मावलम्बी बोकेको बस दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement