छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं – रुपन्देही, तनहुँ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा लु.३८ प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बुटवल उपमहानगरपालिका-१३ नवलपुर बस्ने अन्दाजी २८ वर्षीय गणेश लामाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका-१३ नवलपुर बस्ने २२ वर्षीय सुरज सुन्धौलीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँ, भिमाद नगरपालिका-४ धवाडीस्थित सडकमा लु.१ ख ९१८९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय मोहनसिह थापाको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।  बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईनरुवा नगरपालिका-३ महेन्द्रचोकस्थित सडकमा को.१ ज ३०७४ नम्बरकोम्याजिक भ्यानको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६० वर्षीय बासुदेब पण्डितको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement