जिप पल्टिएर किच्दा महिलाकोे मृत्यु

जिप पल्टिएर किच्दा महिलाकोे मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ना४५प १७९५ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो ।

दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई समेत किचेको थियो ।

घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।