ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भोजपुर नगरपालिका–५ बोखिममा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।